मच्छेगाउँमा आजबाट लाखे नाच प्रदर्शनी, देशभरका करिब चार दर्जन समुहको सहभागिता रहने

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँमा वर्षेनी आयोजना हुने लाखे नाच प्रदर्शनी आज सुरू हुँदैछ ।

नेपाल साँस्कृतिक कला मन्दिरको आयोजनामा हुने प्रदर्शनीमा देशभरबाट लाखे नाच समुहहरूले सहभागिता जनाउने बताइएको छ । 

आफ्नो ठाउँको माैलिक कला र संस्कृति साटासाट गराैं नाराका साथ यसपटक आयोजना हुने कार्यक्रमको उद्घाटन सत्रमा बागमती प्रदेश सभा सदस्यहरू क्रमश पुकार महर्जन, यमुनादेवी श्रेष्ठ, रमा आलेमगर र विन्दु श्रेष्ठ लगायतको उपस्थिति रहने नेपाल साँस्कृतिक कला मन्दिरका अध्यक्ष रमेश शाहीले बताउनुभयो ।

आधुनिक संस्कार र संस्कृतिमा रमाइरहेका युवा जमातलाई आफ्नो मौलिक कला संस्कृति र पहिचानको बारेमा अवगत गराई उनीहरुलाई प्रत्यक्ष अनुभव गराउनु नै प्रदर्शनीको मुख्य उद्धेश्य रहेको शाहीले बताउनुभयो ।

प्रदर्शनी भोलि शनिबार सकिनेछ ।

यसपटक प्रदर्शनीका लागि हालसम्म विभिन्न १८ जिल्लाका ४५ लाखे नाच समुहले सहभागिताको सुनिश्चितता गरिसकेको आयोजकको भनाइ छ ।

कार्यक्रमको मच्छेगाउँस्थित निर्माणाधीन कभर्ड  हलमा दिउँसो २ बजे उद्घाटनको तालिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *