ढु्ङ्गाअड्डामा ‘हिट एण्ड रन’, एक पुरुषको मृत्यु, ठक्कर दिने सवारी साधनको पहिचान हुन बाँकी

Thankot Times

थानकोट ।

त्रिभुवन राजपथ अन्तर्गत चन्द्रागिरि नगरपालिका-१५ ढुङ्गाअड्डास्थित कालिका पेट्रोल पम्प नजिकै सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ।

गएराति करिब ११ः१५ बजे कलंकीबाट थानकोटतर्फ आउँदै गरेको नम्बर नखुलेको सवारी साधनले किच्दा नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकको पहिचानको प्रयास भइरहेको प्रहरी वृत्त थानकोटले जनाएको छ ।

ठक्कर दिएर फरार भएको सवारी साधन र त्यसका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको छ ।

फाइल तस्बिर


Leave a Reply

Your email address will not be published. Required fields are marked *