मच्छेगाउँमा कथा वाचिका देवी चन्द्रकला सखी

Thankot Times

थानकोट ।

पछिल्लो समय चर्चामा रहेकी कथा वाचिका देवी चन्द्रकला सखी चन्द्रागिरि नगरपालिका-०९ मच्छेगाउँमा जारी श्रीमद् भागवत महापुराणमा सहभागी भएका छन्।

सोमबार उनी महापुराणमा सहभागी हुन सहयोगीहरूका साथमा मच्छेागाँउ आइपुगेकी हुन् ।

महापुराणमा उनले केही बेर कथा वाचन तथा भजन गाएकी थिइन् ।

सो अवसरमा महापुराण आयोजक संस्थाका तर्फबाट कथा वाचिका देवी चन्द्रकला सखीलाई विशेष सम्मान गरिएको थियो ।

चन्द्रकला सखी नेपालकी नेपालकी पहिलो महिला राम चरितमानस र भक्तमाल कथा वाचिकाका रुपमा चिनिन्छिन् ।

उनी लण्डनमा बस्दै आएकी छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *