अध्यक्ष कमल थापालगायतको उपस्थितिमा थानकोटमा राप्रपा नेपालको प्रशिक्षण कार्यक्रम

Thankot Times

थानकोट ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा सबै अटाउन सक्ने मौलिक प्रजातान्त्रिक व्यवस्था आवश्यक भएको बताएका छन् ।

चन्द्रागिरि नगरपालिका थानकोटमा शनिबार आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष थापाले विदेशी प्रभाव र दवावमा लादिएको व्यवस्था टिकाउ नहुने समेत बताए । 

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प राप्रपा नेपालसँग मात्र भएको भन्दै थापाले सनातन हिन्दु राष्ट्र र राजा सहितको प्रजातन्त्रले मुलुकलाई दिगो बनाई राख्ने बताए ।

उनले संघीयताको स्वरुप नबदली आर्थिक रुपमा संघीयता मुलुककले धान्न नसक्ने भन्दै प्रदेश संरचना आवश्यक नभएको जिकिर गरे । भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तन र कुशासनको दलदलमा मुलुक भासिएको भन्दै अब नयाँ राष्ट्रवादी आन्दोलन मुलुकको लागि जरुरी भएको उल्लेख गरे ।

राप्रपा नेपाल उठाउने र बनाउनेमा कसैले शंका नगर्न  तर निरन्तर मेहनत गर्न कार्यकर्तालाई थापाले आग्रह गरे ।

प्रशिक्षण कार्यक्रममा राप्रपा नेपालका उपाध्यक्ष डाक्टर विष्णु भण्डारी, उत्तम लामा, उज्वल पोखरेल लगायतले बोलेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *