नैकापस्थित खाजा पसलमा लागु लागूऔषध काराेबार गर्ने दुई जना महिला पक्राउ

थानकोट ।
खाजा पसलमा लागूओैषध काराेबार गरेकाे भन्दै प्रहरीले दुईजना महिलालाई चन्द्रागिरि नगरपालिका-१४ नयाँ नैकाप आदर्श टोलबाट नियन्त्रणमा लिएको छ ।
अवैध लागूऔषध गाँजाको धुलो (पोल्याण्ड) १ किलो ३ सय ग्राम र घरेलु मदिरा करिब १ सय ५० लिटरसहित पसलका संचालक सोही ठाउँ बस्ने ६४ वर्षीया पातली थिङ र २९ वर्षीया चाँदनी श्रेष्ठलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।
प्रहरी प्रभाग नैकाप र प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले पसल तलासी गर्दा उक्त लागूऔषध र घरेलु मदिरा फेला पारी दुवै जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षकाे बुलेटिनमा उल्लेख छ।
यस सम्बन्धमा प्रहरी वृत्त थानकोट आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।