स्थानीय तहको स्व-मूल्याङ्कनः चन्द्रागिरि नगरलाई ७२.७५ अंक, सहकार्य र समन्वयमा ४ अंक

Thankot Times

थानकोट ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७९-८० को संस्थागत क्षमता स्वमूल्यांकनको गुणस्तर परीक्षण पश्चातको प्रतिवेदन सार्वजनिक गरेको छ ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा) को नतिजाअनुसार नगरपालिकातर्फ आर्थिक वर्ष २०७९/०८० मा चन्द्रागिरि नगरपालिकाले ७२.७५ अंक प्राप्त गरेको छ।

प्रतिवेदनअनुसार उच्चतम अंक प्राप्त गर्ने तीन–तीन वटा गाउँपालिका र नगरपालिकासमेत सार्वजनिक गरेर पुरस्कृत गरिएको मन्त्रालयले जनाएको छ ।  जसअनुसार नगरपालिकातर्फ नीलकण्ठ नगरपालिका (धादिङ), तिलोत्तमा नगरपालिका (रुपन्देही) र रत्ननगर नगरपालिका (चितवन) क्रमशः प्रथम द्वितीय र तृतीय भई पुरस्कृत भए । यस्तै गाउँपलिकातर्फ धादिङको बेनिघाट गाउँपालिका प्रथम हुँदा समान अंक ल्याई गुल्मीको रुरुक्षेत्र गाउँपालिका र सिन्धुपाल्चोकको ईन्द्रवती गाउँपालिका पुरस्कृत भएका छन् ।

चन्द्रागरि नगरपालिकाले शासकीय प्रबन्ध शीर्षकमा ८, संगठन तथा प्रशासन शीर्षकमा ५.५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन शीर्षकमा ९.५, वित्तिए एवं आर्थिक व्यवस्थापनमा ८.२५, सेवा प्रवाहमा ११, न्यायिक कार्यसम्पादनमा ६, भाैतिक पूर्वाधारमा ६.२५ अंक पाएको छ ।

यसैगरी सामाजिक समावेशीकरणमा ७ अंक र वातावरण संरक्षण तथा विपद् व्यवस्थापन ७.२५ अंक पाउँदा सहकार्य र समन्वयमा ४ अंक पाएको छ ।

काठमाडाैंका कागेश्वरी मनहरा नगरपालिकाले ६३.५०, काठमाडाैं महानगरपालिकाले ७७.५०, कीर्तिपुर नगरपालिकाले ७६.५० अंक पाउँदा टोखा नगरपालिकाले ८०.० अंक पाएको छ । तारकेश्वर नगरपालिका काठमाडाैं जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा धेरै ८०.७५ अंक प्राप्त गर्दा दक्षिणकाली नगरपालिकाले ६३.५० अंक पाएको छ ।

नागार्जुन नगरपालिकाले ७५ अंक प्राप्त गर्दा बुढानिलकण्ठ नगरपालिकाले ७७ र शङ्खरापुर नगरपालिकाले ६३.२५ अंक प्राप्त गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *