सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारको निर्णय

Thankot Times

थानकोट ।

गतवर्ष कार्तिक २७ गते तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले लगाएको टिकटकमाथिको प्रतिबन्ध हट्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सर्तसहित टिकटक खोल्न दिने निर्णय गरेको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बाले जानकारी दिए ।

टिकटकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिकाअनुसार दर्ता हुन सहमति जनाएपछि प्रतिबन्ध हटाइएको हो ।

सबै सामाजिक सञ्जाललाई समान व्यवहार गर्ने नीतिअनुरूप सरकारले टिकटकमाथिको प्रतिबन्धन हटाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गत साउन २४ गते प्रधानमन्त्री ओलीले सञ्चारमन्त्री, सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीसँगको छलफलमा टिकटकमाथिको प्रतिबन्ध हटाउने प्रस्ताव ल्याउन निर्देशन दिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *