एक करोडभन्दा धेरैपटक डाउनलोड हुने नेपालको पहिलो डिजिटल वालेट बन्यो ईसेवा

Thankot Times

थानकोट ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवा गुगल प्ले स्टोरमा एक करोडभन्दा बढी पटक डाउनलोड भएको छ ।

कम्पनीले यो उपलब्धि हासिल गर्ने नेपालको पहिलो डिजिटल वालेट ईसेवा भएको दाबी गरेको छ ।

ईसेवाले एक करोड डाउनलोडलाई ‘खुसीका एक करोड पलहरू’ भनेर मनाएको छ ।

ईसेवाले सन् २००९ मा बेटा भर्जन सार्वजनिक गर्दै सन् २०१० जनवरी २५ देखि सेवा सुरु गरेको थियो ।

कम्पनीले यस अवधिमा नगदरहित (क्यासलेस) अर्थतन्त्र निर्माणको बाटोमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ ।

ईसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट बस्तीमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत सहजता प्रदान गरिरहेको बताएको छ ।

हाल नेपालको ७७ वटै जिल्लामा पहुँच भएको ईसेवासँग एक करोडभन्दा बढी दर्ता भएका ग्राहक, दुई लाख ५० हजारभन्दा बढी एजेन्ट, ४९ बैंक, ४५ लघुवित्त र  तीन लाख ५० हजारभन्दा बढी मर्चेन्ट आबद्ध रहेको कम्पनीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *