स्तरीय प्रश्नपत्र निर्माणका लागि काठमाडाैं शिक्षा क्याम्पसमा दुई दिने कार्यशाला

Thankot Times

थानकोट । 

स्तरीय प्रश्नपत्र निर्माणका सन्दर्भमा शिक्षकहरूका लागि काठमाडाैं शिक्षा क्याम्पसमा कार्यशाला गोष्ठी आयोजना गरिएको छ । 

दुई दिने कार्यशाला शनिबारबाट सुरु भएको हो ।

संघीय कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारी, चन्द्रागिरि नगरपालिका वडा नं. १५ का वडाध्यक्ष तथा नगरको सामाजिक विकास समिति संयोजक घनश्याम लुँइटेल, काठमाडाैं शिक्षा क्याम्पसका पूर्व प्रमुख हरिविनोद अधिकारी लगायतको कार्यशाला गोष्ठी उद्घाटन सत्रमा सहभागी भएका थिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले प्रजातन्त्र स्थापनापछि शिक्षामा आएको परिवर्तन विकास र समग्र शैक्षिक आन्दोलनहरूमा आफुले खेलेको भूमिकाको सम्झना गरेका थिए ।

काठमाडौं शिक्षा क्याम्पसका प्रमुख शत्रुघ्न प्रसाद गुप्ताले कृषि र शिक्षालाई जोडेर आत्मनिर्भर अर्थतन्त्रको निर्माण र उत्पादनमा विद्यार्थीहरूको सहभागिता हुने गरी नीतिगत पहल गर्न आग्रह गर्दै कार्यशाला गोष्ठी र प्रशिक्षणका कार्यक्रमहरूलाई
आगामी दिनहरूमा थप व्यवस्थित गर्दै लैजाने योजना रहेको र त्यसमा चन्द्रागिरि नगरपालिकाले सहयोग गर्नुपर्ने धारणा राखेका थिए । 

शिक्षण विधि र प्रणालीमा रहेका समस्याहरू साथै शैक्षिक योजनाहरूको व्यवहारिक प्रयोग र अभ्यास सम्बन्धी विषयमा केन्द्रित भइ सुरु भएको कार्यशाला गोष्ठीमा चन्द्रागिरि नगरक्षेत्रका ४५ भन्दा बढी विद्यालयका शिक्षक शिक्षिकाहरूको सहभागिता रहेको छ ।  

चन्द्रागिरि नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले समेत कार्यशालाका लागि सहयोग गरेको क्याम्पस प्रशासनले जनाएको छ । 

दुई दिने कार्यशाला उद्घाटन सत्रलाई चन्द्रागिरि नगरपालिका वडा नं. १५ का वडाध्यक्ष तथा नगरको सामाजिक विकास समिति संयोजक घनश्याम लुँइटेल, काठमाडाैं शिक्षा क्याम्पसका पूर्व प्रमुख हरिविनोद अधिकारी, काठमाडाैं शिक्षा क्याम्पस सञ्चालक समिति सदस्य राजेन्द्र विक्रम बानियाँ लगायतले सम्बोधन गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *