कक्षा ११ मा भर्ना भएका मध्ये ७६ जना विद्यार्थीलाई काठमाडाैं शिक्षा क्याम्पसले दियो छात्रवृत्ति

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-१० सतुङ्गलस्थित काठमाडाैं शिक्षा क्याम्पसमा चालु शैक्षिक वर्षको कक्षा ११ मा नयाँ भर्ना भएका मध्ये ७६ जना विद्यार्थीले नगद छात्रवृत्ति पाएका छन् ।

क्याम्पसको छात्रवृत्ति छनाैट तथा सिफारिस समितिले लिएको छात्रवृत्ति परीक्षा सहभागी भएका मध्ये ७६ जना विद्यार्थीले न्युन्तम २ हजार रुपैयाँदेखी अधिकतम २८ हजार रुपैयाँसम्म छात्रवृत्ति रकम पाएका छन् ।

जसअनुसार छात्रवृत्तिका लागि ७ लाख ३९ हजार रुपैयाँ खर्च भएको क्याम्पस प्रशासनको भनाइ छ ।

विपन्न, दलित, जनजाति, महिला, अपाङ्गता भएका, शहिद भएका परिवारका आश्रित व्यक्ति (छाेरा छाेरी),  चन्द्रागिरि नगरका बासिन्दा, खेलाडी, दुर्गम क्षेत्रका विद्यार्थी र जेहन्दार गरि विभिन्न क्लस्टर खुलाई आवेदन दिएका विद्यार्थीहरूले प्राप्त गरेको प्राप्ताकंका आधारमा मंगलबारको बैठकले छात्रवृत्ति रकम निर्धारण गरिएको क्याम्पस प्रमुख शत्रुध्नप्रसाद गुप्ताले जानकारी दिनुभयो ।

यसैगरी क्याम्पसले आन्तरिक र बोर्ड परीक्षामा परीक्षार्थीहरूले प्राप्त गर्ने नतिजाका आधारमा समेत छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।

यस वर्ष सो क्याम्पसको कक्षा ११ मा हालसम्म करिब १ सय ५० जना विद्यार्थीले नयाँ भर्ना गरिसकेको बताइएको छ ।

काठमाडाैं शिक्षा क्याम्पसको कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरूले पाएको छात्रवृत्तिको विवरण हेराैंः


Leave a Reply

Your email address will not be published. Required fields are marked *