चन्द्रागिरिमा २ सय जनाले लिए निःशुल्क रगत सुविधा, रक्तदान गर्दा प्रतिव्यक्ति २ सय सहयोग पाइने
थानकोट ।
चन्द्रागिरि नगरपालिकामा लागु गरिएको निःशुल्क रक्तसञ्चार सेवा अन्तर्गत गत वर्ष २ सय जनाले सुविधा लिएका छन् ।
नगरले स्थायी रूपमा नगर क्षेत्रमा बसोबास गरिरहेका नागरिकहरूका लागि आवश्यकताका आधारमा नि:शुल्क रगत उपलब्ध गराउने नीति अनुरुप सो संख्याका नगरबासीले सुविधा लिएको बताइएको छ ।
चन्द्रागिरि नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी र मेट्रो रक्त संचार सेवासँग नगरबासीहरूका लागि निःशुल्क रक्तसञ्चार सेवा प्राप्तिका लागि सम्झाैता गरेको थियो ।
यसैबीच नेपाल रेडक्रस सोसाइटी र चन्द्रागिरि नगरपालिकाबीच निःशुल्क रक्तसञ्चार सेवा उपलब्ध गराउने बारेको सम्झाैता अवधि थप गरिएको छ । यसअघि १ वर्षका लागि गरिएको सम्झाैता अब ३ वर्षका लागि गरिएको चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।
सो बारेमा सोमबार चन्द्रागिरि नगरमा नेपाल रेडक्रस सोसाइटीसँग सम्झाैता सम्पन्न भएको छ । नगर प्रमुख घनश्याम गिरी तथा नेपाल रेडक्रस सोसाइटीको तर्फबाट केन्द्रीय कार्यालयका निर्देशक पवन कुमार गुप्ताले सो सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको नगरप्रमुखको सचिवालयको विज्ञप्तीमा उल्लेख छ ।
उक्त सम्झौता अनुसार चन्द्रागिरि नगरपालिकाका स्थायी बासिन्दाहरुले आवश्यकता पर्दा नेपाल रेडक्रस सोसाइटीका काठमाडौं, भक्तपुर र ललितपुर गरि ३ वटै जिल्लाका शाखाबाट नि:शुल्क रगतको सुविधा प्रदान गर्न सक्नेछन् ।
रक्तदान गर्दा २ सय रुपैयाँ सहयोग