काठमाडाैं शिक्षा क्याम्पसमा कक्षा ११ का विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न

Thankot Times

थानकोट ।

चन्द्रागरि नगरपालिका-१० सतुङ्गलस्थित काठमाडाैं शिक्षा क्याम्पसमा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार आयाेजित कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, वडा नं. १० का वडाध्यक्ष शीवकुमार महर्जन, क्याम्पस संञ्चालक समिति अध्यक्ष प्रा.डा. माधव प्रसाद भट्टराई, क्याम्पसका शिक्षक शिक्षिका, अभिभावकहरू तथा विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा शुक्रबार प्रकाशित कक्षा १२ को बोर्ड परीक्षामा ३.७४ जीपीए प्राप्त गर्न सफल छात्रा सुहाना गोतामे लगायत कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरूलाई सम्मान गरिएको थियो ।

यसैगरी विभिन्न खेल प्रतियोगितामा पदक विजेता एलिना थिङ तथा सन्दीप राईको समेत नगदसहित सम्मान गरिएको थियो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ