कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी

Thankot Times

थानकोट ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ ।

बोर्डका एक सदस्यका अनुसार नतिजा प्रकाशनको लागि अहिले बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ ।

१० बजे बस्ने बोर्ड बैठकले ‘आजै नतिजा सार्वजनिक गर्ने’ निर्णय गरेपछि मात्रै नतिजा प्रकाशन हुने भएको छ ।

बोर्डले प्राविधिक त्रुटी वा केही भइपरी नआएमा आजै नतिजा प्रकाशन गर्ने तयारी गरेको छ ।

गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए ।

७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५२६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

यसपटक पहिलो पटक काठमाडौं जिल्लामा परीक्षणका रुपमा स्वचालित प्रक्रियाबाट परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गरिएको थियो ।

देशभरबाट ५ हजार ५४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी छन् ।

गत असारमा प्रकाशित एसईईको जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन हुनेछन् ।

जसमा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुने बोर्डले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *