चन्द्रागिरि नगरका जनप्रतिनिधिले ताने रातो मत्स्येन्द्रनाथको रथ (भिडिवोसहित)

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरका मेयरसहितका जनप्रतिनिधिहरू सम्मिलित टोलीले रातो मत्स्येन्द्रनाथ तथा मीननाथको रथ थति टोलबाट तानेर जावलाखेल पुर्‍याएका छन् ।

बिहीबार लगनखेलस्थित थतिटोलबाट रथ तानेर जावलाखेल पुर्‍‍याइएको हो।

सो क्रममा चन्द्रागिरि नगरका सतुंगल, नैकाप, मच्छेगाउँ, बोसिगाउँ, मातातिर्थ, तथा कीर्तिपुरका पाँगा, नगाउँका विभिन्न गुठीका गुठीयारहरू समेत रथ तान्न थति टोल पुगका थिए । 

ललितपुर महानगरपालिकाे पत्र काटेरै चन्द्रागिरि नगरलाई बिहीबार रथ यात्रा अवलोकनका लागि ढाकेको थियो ।

रथ यात्रा अवलोकनका लागि चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन लगायत अन्य जनप्रतिनिधिहरू समेत जात्रास्थल पुगेका थिए ।

सो रथ यात्रा लागि चन्द्रागिरि नगरले बिहीबार नगरका सबै वडाबाट सवारी साधनको व्यवस्था गरेको थियो । 

करिब १६ सय वर्षअघि सुरु भएको मत्स्येन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्छ।

रथ जावलाखेल पुर्याइएको चाैथो दिन भोटो देखाएपछि रातो मत्स्येन्द्रनाथको रथ यात्रा समाप्त हुने परम्परा छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *