रातो मत्स्येन्द्रनाथको रथ तान्न चन्द्रागिरि नगरलाई ललितपुर महानगरको निम्तो
थानकोट ।
पाटनको सबैभन्दा महत्वपूर्ण तथा काठमाडाैं उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको रातो मत्स्येन्द्रनाथको रथ यात्रामा सहभागी हुन ललितपुर महानगरपालिकाले चन्द्रागिरि नगरपालिकालाई निम्तो दिएको छ ।
जस अनुसार आज बिहीबार चन्द्रागिरि नगरका जनप्रतिनिधिहरू रथ यात्रामा सहभागी हुने बताइएको छ ।
वर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मछिन्द्रनाथको रथ आज जावलाखेल पुर्याइने तालिका रहेको छ ।
चन्द्रागिरि नगरमा रहेका कतिपय गुठी (सात गाउँले जात्रा गुठी) को ललितपुरसँग अझैपनि सम्बन्ध रहेको बताइन्छ जसअनुसार नगरका विभिन्न गुठीका गुठीयारहरू समेत आज रातो मत्स्येन्द्रनाथको रथ यात्रामा सहभागी हुने बताइएको छ ।
चन्द्रागिरि नगरपालिकासँग ललितपुरको सांस्कृतिक, राजनीतिक तथा अर्थ व्यवस्थाको सम्बन्ध विगत लामो समयदेखी कायम रहेकोले सो सम्बन्धलाई निरन्तरता दिँदै ललितपुर महानगरपालिकाले चन्द्रागिरि नगरका जनप्रतिनिधिहरूलाई रथयात्रामा सहभागी हुन तथा जात्रा अवलोकनका लागि निमन्त्रणा पठाइएको ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिनुभयो ।
गत वैशाख २७ गते बिहीबार रातो मच्छिन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहणका गरेसँगै नेपालको सबैभन्दा लामो जात्रा मानिने यो जात्रा सुरु भएको थियो ।
रथ जावलाखेल पुर्याइएको चार दिनपछि राष्ट्रप्रमुखको उपस्थितिमा भोटो देखाउने प्रचलन छ ।
एक हाल चन्द्रागिरि नगर अन्तर्गत पर्ने केही क्षेत्र कुनैबेला ललितपुर जिल्ला पञ्चायत अन्तर्गत पर्दथे ।
तस्बिरः मनाेजरत्न शाही