चखेल देउराली र इन्द्रस्थान नजिकै लुटपाटमा संलग्न टोली एउटै भएको प्रहरीको निष्कर्ष

Thankot Times

थानकोट ।

गत शनिबार नागार्जुन र चन्द्रागिरिको सीमा क्षेत्र इन्द्रस्थानस्थित विन्द्यवासिनी मन्दिर नजिकै लुटपाटमा संलग्न गिरोहका मुख्य नाइके प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीका गिरोहका मुख्य नाइके हुन् मकवानपुरको गढी गाउँपालिका–१, फुलबारी घर भएका धनबहादुर स्याङतान उर्फ ‘माइला’ हुन् ।

उनी काठमााडैं उपत्यकाका विभिन्न हाइकिङ क्षेत्रमा लुटपाटमा सक्रिय रहेको प्रहरीको निष्कर्ष छ ।

हाइकिङ जानेहरूलाई लुट्नेमा धनबहादुरका छोरा, सालो र छिमेकीको पनि संलग्नता देखिएको छ ।

२०८० चैत २९ मा चन्द्रागिरि नगरपालिका-८ मातातिर्थ चखेलस्थित इन्द्रकुमारी लामाले सञ्चालन गरेको टहरोमा पनि माइलाको समूहले १ लाख ७ हार नगद र गहना लुटेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

घटनास्थलमा भेटिएको मोबाइलमा प्रयोग भएको सिमकार्ड स्याङ्तानकी पत्नीको नाममा दर्ता रहेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।

असार १५ मा बिहान दक्षिणकाली नगरपालिका-५ स्थित चम्पादेवी मन्दिरनजिक लालबहादुर खड्का समेत ५ जनाबाट उनीहरूले ८ थान मोबाइल लुटेका थिए ।

चम्पादेवीबाट लुटेको १ थान मोबाइल बरामद गरिएको एसपी नवराज अधिकारीले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *