चितुवा नियन्त्रणमा लिन तीनथानामा फलामे खोर र खसी !
थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नं. १५ तीनथाना क्षेत्रमा देखिएका चितुवा नियन्त्रणमा लिन थालिएका प्रयास सफल हुन नसकेको बताइएको छ ।
तीनथानामा गत साता देखिएका कम्तीमा २ वटा चितुवा नियन्त्रणमा लिन स्थानीयले खोर राखेका छन् ।
चितुवाको गतिविधि देखिएको स्थानमा राखिएको खोरमा चितुवा नपरेपछि पुनः अर्को स्थानमा खोर राखिएको छ।
तीनथानाको गढी क्षेत्रमा दिउँसै ती चितुवा देखिएपछि नगरप्रहरीसँगको समन्वयमा वडा कार्यालयले खोर राखेर चितुवा नियन्त्रणमा लिन प्रयास गरिरहेको बताइएको छ ।