दहचोकस्थित विन्द्यवासिनी मन्दिर सडकमा दिउँसै सुन लुटपाट, नाइके समातिए, २ जना फरार

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका- १ दहचोकस्थित कालु पाँडे-विन्दावासिनी क्षेत्रमा खुकुरी देखाई लुटपाट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरी प्रभाग कलंकीका प्रमुख प्रहरी नायब निरीक्षक एम बहादुर थापाको नेतृत्वको टोलीले दुई थान खुकुरी र गरगहनासहित एक जनालाई कंलकी क्षेत्रबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ घर भई कलंकी बस्ने ५६ वर्षीय रामबहादुर लामा छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार केही व्यक्तिको समूहले चन्द्रागिरि- १ दहचोक कालु पाँडे क्षेत्रमा खुकुरी देखाई लुटपाट भयो भने सूचना प्राप्त हुनासाथ प्रहरी परिचालन गरिएको थियो।

पक्राउ परेका लामाको साथबाट दुई थान खुकुरी समेत बरामद गरेको छ।

प्रहरीले लामाको साथबाट ७ तोला बराबरका सुनका गरगहना र एक थान मोबाइल समेत बरामद गरेको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *