पेरिस ओलम्पिक-२०२४: नेपालका टेबल टेनिस खेलाडी स्यान्टु पहिलो चरणबाटै बाहिरिए

Thankot Times

थानकोट ।

पेरिस ओलम्पिक-२०२४ अन्तर्गत केहीबेर अघि सम्पन्न टेबल टेनिसको पहिलो चरणको खेलमा नेपाली टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पराजित भएका छन् ।

पराजयसँगै स्यान्टुको ओलम्पिक यात्रा समाप्त भएको छ ।

उनी सेनगलका खेलाडी इब्राहिमा डियाव विरुद्ध सोझो सेटमा पराजित भए ।

पहिलो सेटमा स्यान्टुले १२-१० ले खेल गुमाए । सो पछि उनी दोस्रो सेट ११-३, तेस्रो सेट ११-४ र चौथो सेट ११-५ ले पराजित हुन पुगे ।

स्यान्टु छनोट चरण पार गरेर ओलम्पिक पुगेका थिए ।

जारी ग्रीष्मकालीन ओलम्पिकमा नेपालबाट टेबल टेनिसमा स्यान्टु श्रेष्ठ, ब्याडमिन्टनमा प्रिन्स दाहाल, जुडोमा मनिता श्रेष्ठ प्रधान, एथलेटिक्समा सन्तोषी श्रेष्ठ, पौडीमा एलेक्स शाह र डुवाना लामा तथा सुटिङमा सुस्मिता नेपालले सहभागिता जनाएका छन् ।

ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले पहिलो खेल आज राति विश्व वरियताको दोस्रो स्थानमा रहेका डेनमार्कका भिक्टर एक्सेल्सनसँग खेल्नेछन् । खेल राती १२:५५ बजे सुरु हुने तालिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *