चन्द्रागिरिसहित उपत्यकाका स्थानीय निकाय तथा मातहतका कार्यालयमा आज शोक बिदा

Thankot Times

थानकोट ।

कीर्तिपुर नगरपालिकाका बहालवाला मेयर राजकुमार नकर्मीको निधन भएको शोकमा चन्द्रागिरि नगरपालिकासहित उपत्यका भित्रका सम्पूर्ण स्थानीय तह तथा सो अन्तर्गतका कार्यालयहरूमा आज (आइतबार) शोक बिदा हुने भएको छ ।

शुक्रबार बसेको काठमाडौं उपत्यका मेयर्स फोरमको बैठकले सो निर्णय गरेको थियो ।

फोरमका अध्यक्ष चिरीबाबु महर्जनद्वारा जारी विज्ञप्तिमा कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधनको खबरले काठमाडौं उपत्यका मेयर्स फोरम परिवार अत्यन्तै मर्माहत र स्तब्ध भएको उल्लेख छ ।

‘उहाँको मृत्युले कीर्तिपुर नगरपालिकालगायत काठमाडौं उपत्यकाको विकासमा अपूरणीय क्षति पुगेको महसुस भएको। उहाँले यस फोरममा रही पुर्‍याउनुभएको योगदान हाम्रा लागि अविस्मरणीय छन्,’ विज्ञप्तिमा भनिएको छ ।

५९ वर्षीय नकर्मीको उपचारका क्रममा बिहीबार राति निधन भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *