खानेपानी उपभोक्ता समितिका प्रतिनिधि र अर्थ मन्त्रीबीच भेट, आयकरमा छुट गरिदिन माग

Thankot Times

थानकोट ।

देशभरका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरूको छाता संगठन नेपाल फेडवासनका प्रतिनिधिहरूले अर्थ मन्त्री विष्णु पाैडेलसँग भेट गरेका छन् । 

महासंघका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालको नेतृत्वमा बिहीबार अर्थ मन्त्रालय पुगेको एक टोलीले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुमा आयकर छुट सम्बन्धमा अर्थ मन्त्रीको ध्यानाकर्षण गराएको बताइएको छ । 

सो क्रममा फेडवासनका प्रतिनिधिहरूले अर्थ मन्त्री समक्ष ध्यानाकर्षण पत्र बुझाएका थिए । सो पत्रमा नेपालकाे संविधानकाे धारा ३५ (४)ले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचकाे हक हुनेछ भनी माैलिक हकको व्यवस्था गरिएकाे नेपालकाे १६ आ‌ैं योजनामा खानेपानी सरसफाइलाई सामाजिक सेवाको क्षेत्रमा राखिएकोले करको विषयमा यथासक्य निर्णय गरिदिन अनुरोध गरिएको अध्यक्ष अर्यालले जानकारी दिए । 

खानेपानी उपभोक्ता समितिका प्रतिनिधिहरूसँगको भेटमा अर्थ मन्त्री पाैडेलले करको विषय संवेदनशील भएको तर खानेपानी सेवा अत्यावश्यकीय क्षेत्र भएकोले यसमा लाग्ने आय करका बारेमा आफु गम्भीर रहेको प्रतिक्रिया दिएको बताएको छ । 

देशभर करिब ४५ हजार खानेपानी उपभोक्ता समितिहरू क्रियाशील रहेको महासंघको दाबी छ । 

आयकर ऐन २०५८ काे दफा (१०) ट मा जलश्राेत ऐन २०४९ बमोजिम दर्ता भएका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आफ्नो उद्देश्य अनुसार आर्जन गरेको रकममा कर छुटकाे व्यवस्था गरिएकोमा आर्थिक विधेयक २०८१ काे दफा (३६) २ अनुसार कर छुटकाे व्यवस्था हटाइएको प्रति खानेपानी उपभोक्ता समितिहरूले चासो, चिन्ता र असहमति व्यक्त गर्दै आएका छन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *