काभा वुमन्स भलिबल नेसन्स लिगः नेपाल र श्रीलंकाबीच उद्घाटन खेल

Thankot Times

थानकोट ।

काभा वुमन्स नेसन्स भलिबल लिगको उद्घाटन खेलमा नेपाल र श्रीलंकाबीच खेल हुने भएको छ ।

नेपाल भलिबल संघले शुक्रबार पत्रकार सम्मेलन आयोजनामार्फत प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिँदै खेल तालिका पनि सार्वजनिक गरेको हो ।

साउन १७ गतेदेखि सुरु हुने काभा वुमन्स नेसन्स लिगमा नेपालसहित श्रीलंका, इरान, भारत र माल्दिभ्सले प्रतिस्पर्धा गर्दै छन् ।

पत्रकार सम्मेलनमा संघले प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको पनि जानकारी दिएको छ ।

शुक्रबार नै काभा वुमन्स नेसन्स लिगको ट्रफी सार्वजनिक भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष उपेन्द्र महतोले ट्रफी सार्वजनिक गरेका हुन् । प्रतियोगिताका लागि संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द संयोजकत्वमा विभिन्न २१ वटा उपसमिति पनि गठन भएको छ । सात दिनसम्म चल्ने प्रतियोगितामा पहिलो दिन नेपाल र श्रीलंका तथा भारत र इरानबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालले आफ्नो दोस्रो खेल साउन १८ गते बलियो प्रतिद्वन्द्वी भारतसँग, तेस्रो खेल साउन २० गते माल्दिभ्स र चौथो खेल साउन २१ गते इरानविरुद्ध प्रतिस्पर्धा गर्ने छ ।

प्रतियोगिता राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुनेछन् ।

राउन्ड रोबिन लिगपछि अंकतालिकाको पहिलो र चौथो तथा दोस्रो र तेस्रोबीच साउन २२ गते सेमिफाइनल हुनेछन् ।

उपाधिका भिडन्त र तेस्रो स्थानको खेल साउन २३ गते हुनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *