काठमाडौं प्रहरी परिसरमा सबैभन्दा बढी बैकिङ कसुरका उजुरी, दोस्रोमा अभद्र व्यवहार

Thankot Times

थानकोट ।

काठमाडौं प्रहरीमा बैंकिङ कसुरका उजुरी दुई गुणाले बढेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७९/०८० बैंकिङ कसुरका उजुरी ४४६ थिए । तर, आर्थिक वर्ष २०८०/०८१ मा बैंकिङ कसुरका उजुरी ८१६ पुगेको छ ।

काठमाडौं प्रहरीका अनुसार गत आर्थिक वर्ष सबैभन्दा बढी उजुरी बैंकिङ कसुर कै थिए ।

बैंकिङ कसुरपछि दोस्रोमा अभद्र व्यवहारका उजुरी छन् ।

गत आर्थिक वर्षमा कुल ४२० अभद्र मुद्दाका उजुरी परेका छन् ।

त्यस्तै, तेस्रोमा भवितव्य घटना र साधारण चोरीका घटनाका उजुरी धेरै आएको काठमाडौं प्रहरी परिसरका एसपी नवराज अधिकारीको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *