साउन १३ गते आइतबार चन्द्रागिरिसहित काठमाडौं उपत्यकाका पालिकाहरुमा शोक बिदा

Thankot Times

थानकोट ।

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको शोकमा चन्द्रागिरि नगरपालिकासहित उपत्यका भित्रका सम्पूर्ण स्थानीय तह तथा सो अन्तर्गतका कार्यालयहरूमा साउन १३ गते आइतबार शोक बिदा निर्णय भएको छ ।

शुक्रबार बसेको काठमाडौं उपत्यका मेयर्स फोरमको बैठकले सो निर्णय गरेको हो ।

फोरमका अध्यक्ष चिरीबाबु महर्जनद्वारा जारी विज्ञप्तिमा कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधनको खबरले काठमाडौं उपत्यका मेयर्स फोरम परिवार अत्यन्तै मर्माहत र स्तब्ध भएको उल्लेख छ ।

‘उहाँको मृत्युले कीर्तिपुर नगरपालिकालगायत काठमाडौं उपत्यकाको विकासमा अपूरणीय क्षति पुगेको महसुस भएको। उहाँले यस फोरममा रही पुर्‍याउनुभएको योगदान हाम्रा लागि अविष्मरणीय छन्,’ विज्ञप्तिमा भनिएको छ ।

५९ वर्षीय नकर्मीको उपचारका क्रममा बिहीबार राति निधन भएको थियो ।

उनको शुक्रबार अन्त्येष्टी सम्पन्न भइसकेको छ । सो अघि काठमाडाैंका विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुखलगायतले कीर्तिपुर पुगेर श्रद्धाञ्जली दिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *