भोलि शुक्रबार चन्द्रागिरि नगरका अधिकांश क्षेत्रमा ६ घण्टा विद्युत सेवा अवरुद्ध हुँदै

Thankot Times

थानकोट ।

नेपाल विद्युत प्राधिकरणले भोलि शुक्रबार चन्द्रागिरि नगरका विभिन्न क्षेत्रमा करिब ६ घण्टा विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।

प्राधिकरणको बलम्बु उप वितरण केन्द्रका अनुसार मातातिर्थ फिडर अन्तर्गत मातातिर्थ क्षेत्रमा भोलि बिहान १० बजेबाट अपरान्ह ४ बजेसम्म हाइटेन्स खम्बा मर्मत तथा कन्डक्टर स्तरोन्नति कार्य हुनेछ ।

सो कार्यका लागि विद्युत आपूर्ति बन्द गरिँदा मातातिर्थ, महादेवस्थान, इटाखेल, घुमाउने, गोदाम, मंगलोदय, नागढुङ्गा, चिसापानी क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुनेछ ।

यसैगरी बसुन्डोल, इन्द्रस्थान, झाँगाझिटी, कुखुरे चाैर तथा महेशफाँट क्षेत्रमा समेत विद्युत सेवा अवरुद्ध हुनेछ । कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत प्राधिकरणको बुलेटिनमा उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *