बेचन झालाई थुनामुक्त गर्न सर्वोच्च अदालतद्वारा अस्वीकार

Thankot Times

थानकोट ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा एक महिनादेखि थुनामा रहेका बेचन झालाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

बिहीबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले बन्दी प्रत्यक्षीकरण निवेदनमा अन्तिम आदेश गर्दै कानुन बमोजिम गर्नु भनी आदेश गरेको हो ।

थुनामा रहेका झाका छोरा दिव्यान्शु शेखर झाले गत असार ३० गते सर्वोच्चमा रिट हालेका थिए ।

सो रिट असार ३१ गते न्यायाधीश विनोश शर्मा र गत साउन ६ गते

ढुङ्गानाकै इजलासमा पेशी परेको थियो ।

तर, आफू अनुकुलका न्यायाधीश नभएको भन्दै उनका कानून व्यवसायीले पेशी स्थगित गरेका थिए ।

झालाई प्रहरीले गत असार १५ गते राति पक्राउ गरेको थियो ।

झालाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा बिचौलिया भूमिका निर्वाह गरेको आरोप छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *