कीर्तिपुर नगरका मेयर नकर्मीको स्वास्थ्य अवस्था जटिल

Thankot Times

थानकोट ।

कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको स्वास्थ्य अवस्था जटिल बनेको छ ।

कीर्तिपुर नगरपालिका उपप्रमुख तथा प्रवक्ता शुभलक्ष्मी शाक्यका नगरप्रमुख नकर्मीको अहिले वीर अस्पतालको सघन उपचार कक्षमा राखेर  उपचार भइरहेको छ ।

उनका अनुसार नगरप्रमुख नकर्मीको स्वास्थ्य अवस्था जटिल छ ।

चिकित्सकहरुको भनाई अनुसार अवस्था  जटिल रहेको उपप्रमुख शाक्यको भनाई छ । स्वास्थ्य अवस्था बिग्रिएपछि नगर प्रमुख नकर्मीलाई एक साताअघि अस्पताल भर्ना गरिएको थियो ।

नगरप्रमुख नकर्मीले लामो समयदेखि मृगौला सम्बन्धी रोगको उपचार गराइरहेका छन् ।

बीजनेश दर्शनबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *