असोज मसान्तभित्र कर बुझाए चन्द्रागिरि नगरले २५ प्रतिशत छुट दिने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले नगरको आर्थिक ऐन २०८१ अनुसार चालु आर्थिक वर्ष २०८१-८२ का लागि विभिन्न शीर्षकको कर असोज मसान्तभित्र बुझाएमा २५ प्रतिशत छुट दिने भएको छ ।

बुधबार एक सूचना जारी गर्दै नगरले चालु आर्थिक वर्षको सम्पत्ति कर, मालपोत कर, बहाल कर र व्यवसाय कर असोज मसान्तभित्र चुक्ता गरेमा कूल रकममा २५ प्रतिशत छुट दिने भएको हो । यसैगरी नगरले महिलाको नाउँमा व्यवसाय दर्ता लाग्ने दस्तुरमा ५० प्रतिशत छुट दिने भएको छ ।

महिला र पुरुषको साझेदारीमा व्यवसाय दर्ता गर्दा लाग्ने दस्तुरमा २५ छुट उपलब्ध गराइने नगरका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले जानकारी दिए ।

यस्तै, महिला, अपाङ्गता तथा लैङ्गिक अल्पसङ्ख्यक उद्यमीको स्वामित्वमा सञ्चालित घरेलु उद्योग दर्ता शुल्कमा ५० प्रतिशत छुट हुने चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।

सूचना हेराैं


Leave a Reply

Your email address will not be published. Required fields are marked *