स्रोत नखुलेको ११ लाख नगदसहित समातिए चन्द्रागिरिका २ जना
थानकोट।
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ परेका छन् ।
तनहुँको ब्यास नगरपालिका-३ दुर्गा मन्दिरस्थित सडकबाट स्रोत नखुलेको नगद ११ लाख ६५ हजार रूपैयाँ सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा रोल्पा माडी गाउँपालिका घर भई चन्द्रागिरि नगरपालिका बस्दै आएका लक्ष्मण केसी र सुसान केसी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.५७ प. ७५०६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।