धमाधम प्रिन्ट हुँदै स्मार्ट ड्राइभिङ लाइसेन्स, तपाँईको लाइसेन्स प्रिन्ट भयो कि भएन ? यसरी हेर्नुस्

Thankot Times

थानकोट । 

तपाँईको ड्राइभिङ लाइसेन्स अर्थात स्मार्ट कार्ड प्रिन्ट भयो कि भएन भनेर थाहा पाउन चाहनु हुुन्छ ?

यदि ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिएको लामो समय भइसक्यो भने कार्ड प्रिन्ट पनि भइसकेको हुन सदक्छ ।

यातायात व्यवस्था विभागले हाल प्रिन्ट भएका लाइसेन्स धमाधम यातायात कार्यालयहरुमा पठाइरहेको छ । तपाईले आवेदन दिएको कार्यालय अनुसार समय हेरेर त्यसै अनुसार लाइसेन्स प्रिन्ट भएको थाहा पाउन सकिन्छ ।

त्यसैगरी यातयात व्यवस्था विभागको वेबसाइटमा आफ्नो लाइसेन्स नम्बर राखेर यसको अवस्था वारेमा पनि थाहा पाउन सकिन्छ ।

यसका लागि विभागको वेबसाइट अन्तर्गत दायाँ साइडमा रहेको सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) प्रिन्ट स्थितिमा तल रहेको खाली ठाउँमा नम्बर राखेर ‘अवस्था जाँच गर्नुहोस्’ मा क्लिक गर्न सकिन्छ ।

नयाँ लाइसेन्स लिन वा नवीकरण गर्नका लागि हाल धेरैले आवेदन दिए पनि लामो समय देखि लाइसेन्स पाउन सकेका छैनन् । यो अवस्थामा हाल लाइसेन्स धमाधम प्रिन्ट समेत भइरहेका छन् । यसले गर्दा अब लामो समय पर्खिनु नपर्ने अवस्था देखिएको छ ।

नेपाल अटोबाट


One thought on “धमाधम प्रिन्ट हुँदै स्मार्ट ड्राइभिङ लाइसेन्स, तपाँईको लाइसेन्स प्रिन्ट भयो कि भएन ? यसरी हेर्नुस्

  1. २ बर्स भई सक्यो कहिले प्रिंट हुने होर प्रिंट नभई फेरी रेण्यू गर्नु प्रने त होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *