प्रभात मावि ललितपुरमा स्क्राबल अभिमुखीकरण तालिम सम्पन्न

Thankot Times

थानकोट ।

ललितपुर महानगरपालिका वडा नं १७ मा रहेको प्रभात माध्यमिक विद्यालयले सिकाईमा नवीनतम सोंचको प्रवर्धन गर्दै स्क्राबल खेललाई विद्यालयमा लागू गरेको छ।

सो विद्यालयले जिल्लामा पहिलोपटक स्क्राबल सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न गरेको स्क्राबल क्लब नेपालका केन्द्रीय सदस्य एवं स्क्राबल क्लब काठमाडाैंका संयोजक बुद्ध गाैतमले बताउनुभयो ।

मंगलबार सम्पन्न कार्यक्रममा प्रभात माविका प्रधानाध्यापक देवीप्रसाद दुलालले विद्यार्थीको हितमा उनीहरूको व्यक्तिगत क्षमता अभिवृद्धि को लागि साथै समस्या समाधान र चुनौती सँग कसरी जुध्ने भन्ने कुरा सिकाउन स्क्राबल खेल विद्यालयमा  प्रर्वद्धन गर्न प्रयास भएको बताउनुभयो ।

स्क्राबल क्लबले गत वर्ष नेपालमै पहिलोपटक अन्तरार्ष्ट्रिय स्क्राबल च्याम्पियनसीप आयोजना गरेको थियो । यसपटक श्रीलंकामा सो प्रतियोगिता आयोजना हुनेछ।

नेपालमा भने राष्ट्रिय च्याम्पियसीप गुल्मीको सिद्धबाबा माध्यामिक विद्यालयमा हुँदै छ।

स्क्राबल ललितपुरका संयोजक चिरन्जिवी नेपालले जिल्ला च्याम्पियन हुँदै राष्ट्रिय खेलमा लैजान क्लबले निरन्तर अभ्यासलाई अगाडी बढाइरहेको बताउनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *