तीनथाना गढी क्षेत्रमा चितुवाका बथान …. (भिडिवो)

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ तीनथानाका विभिन्न क्षेत्रमा चितुवा देखिएका छन् ।

स्थानीयका अनुसार आइतबार राति स्थानीय पञ्चकन्या मन्दिर, राउतगाउँ केही चितुवा देखिएको थियो ।

आज सोमबार भने तीनथानाकै टुसाल र गढि बीचको क्षेत्रमा पटकपटक चितुवा देखापरेको स्थानीयहरूले बताएका छन् । 

तीनथानाका विभिन्न क्षेत्रमा चितुवा देखिएको सूचना पाइएको प्रहरी प्रभाग नैकापले जनाएको छ ।

मानव वस्तीमा चितुवा देखिएपछि स्थानीय जनप्रतिनिधिले सतर्क रहन सबैमा अनुरोध गरेका छन् । 

भिडिवो स्रोतः चन्द्रागिरि नगर सभा सदस्य आशिष महर्जन


Leave a Reply

Your email address will not be published. Required fields are marked *