समाजसेवी ईशा गुरुङ र सुनिता गुरुङको सम्मानमा मच्छेगाउँमा विशेष कार्यक्रम हुने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँस्थित नेपाल सांस्कृतिक कला मन्दिरले सामाजिक सेवामा समर्पित व्यक्तित्वहरूलाई सम्मान गर्ने भएको छ ।
सो संस्थाले साउन ९ गते बुधबार समाजसेवाको क्षेत्रमा परिचित व्यक्तिहरू ईशा गुरुङ र सुनिता गुरुङको सम्मान गर्न लागेको हो ।

मच्छेगाउँमा हुने सो सम्मान कार्यक्रममा अन्य व्यक्तिहरूको समेत सम्मान गरिने संस्थाका अध्यक्ष रमेश शाहीले जानकारी दिए ।

सुनिता गुरुङ (इजरायल) र ईशा गुरुङ (बेलायत) परदेशमा कर्म गरिरहेपनि नेपालमा परोपकारको क्षेत्रमा क्रियाशील छन् ।

नेपाल साँस्कृतिक कला मन्दिर मौलिक धर्म, संस्कृति एवंम् परम्परा संवर्द्धन र संरक्षणमा कार्य गरिरहेको संस्था हो ।


3 thoughts on “समाजसेवी ईशा गुरुङ र सुनिता गुरुङको सम्मानमा मच्छेगाउँमा विशेष कार्यक्रम हुने

  1. नेपाल आमा का माहान चेलि सुनिता गुरुङ र ईसा गुरुङ दिदी हरु प्रती हार्दिक नमन बेय्क्त गर्न चाहान्छु ❤️🙏

    1. सेवा धर्म अंगाल्नु भएको छ शुभकामना

  2. जिउँदो भगवान् को रुप ईशा गुरुङ र सुनिता गुरुङ दिदिहरुलाई जति सम्मान दिदी पनि कम हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *