यसकारण केहीबेर अघि चन्द्रागिरिसहित देशभर एकैसाथ विद्युत अवरुद्ध

Thankot Times

थानकोट । 

केहीबेर अघि विद्युत सेवा अवरुद्ध भएको याद गर्नु भयो नि ? 

नेपाल विद्युत प्राधिकरणका अनुसार शनिबार साँझ देशभरको विद्युत वितरण प्रणालीमा समस्या आएको छ । काठमाडौंसहित देशको अधिकांश ठाउँमा विद्युत प्रणालीमा समस्या आएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार विराटनगरबाहेक अन्य क्षेत्रमा विद्युत आपूर्तिमा समस्या आएको हो । उनका अनुसार चन्द्रनिगाहापुर नवलपुर खण्डको प्रशारण लाइनमा रुख ढलेका कारण देशका धेरै ठाउँमा विद्युत अवरुद्ध भएको हो ।

अहिले अधिकांश क्षेत्रमा विद्युत सेवा सुचारु भइसकेको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *