काँग्रेसको प्रमुख सचेतकमा श्याम घिमिरे मनोनित
थानकोट ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको संसदीय दलको प्रमुख सचेतकमा सिन्धुलीबाट निर्वाचित सांसद श्याम घिमिरेलाई मनोनित गरेका छन् ।
यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा रहेका रमेश लेखक वर्तमान सरकारमा गृहमन्त्री बनेपछि रिक्त रहेको उक्त पदमा घिमिरेलाई नियुक्त गरिएको हो ।
कांग्रेसको सचेतकमा सांसद सुशिला थिङ रहेकी छन् ।