गत वर्ष चन्द्रागिरि नगरपालिकाको न्यायिक समितिमा ५१ वटा उजुरी दर्ता, घर जग्गाको खिचलो बढी

Thankot Times

थानकोट ।

उपमेयर नेतृत्वको चन्द्रागिरि न्यायिक समितिमा आर्थिक वर्ष २०८०/८१ मा ५१ वटा उजुरी दर्ता भएका छन् ।

सो समितिमा प्राप्त ५१ वटा उजुरी मध्ये २२ वटा उजुरी घर जग्गासँग सम्बन्धित रहेको चन्द्रागिरि न्यायिक समितिले जनाएको छ। कुल ५१ मध्ये ४४ वटा विषयको किनारा लागेको (फर्छ्याैट) भएको समितिको वार्षिक प्रगति विवरणमा उल्लेख छ ।

चन्द्रागिरि न्यायिक समितिमा गत वर्ष लेनदेनका १०, सार्वजनिक बाटोको विवादका ७, घर वहाल तथा घर खाली गराउने २ वटा, गैह्र कानुनी निर्माणका ३ उजुरी, पालन पोषणका २ तथा अन्य विवादका १ उजुरी परेका थिए । यसैगरी ढल तथा प्रदुषणका ४ उजुरी नगरमा दर्ता भएका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ३९ (५) र (५) बमोजिम नगर प्रमुखबाट २ वटा मुद्दा हेरिएको समेत न्यायिक समितिको प्रगति विवरणमा उल्लेख छ ।

अघिल्लो वर्ष (२०७९/८०) मा उजुरी परेका ६७ मध्ये ६० उजुरी फर्छ्याैट भएका थिए । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *