‘चन्द्रागिरि केबलकारको प्रविधि तथा उपकरण विश्वमा नै उत्कृष्ठ छ ‘-चन्द्रागिरि हिल्स

Thankot Times

थानकोट । 

नेपालको दोश्रो केबलकार सेवा प्रदायक चन्द्रागिरि हिल्सले चन्द्रागिरि नगरपालिका-४ थानकोटमा सञ्चालनमा रहेको चन्द्रागिरि केबलकारको प्रविधि विश्वमै उत्कृष्ठ रहेको जनाएको छ ।

बुधबार दिउँसो घण्टाै केबलकार रोकिएपछि केबलकार भित्रै यात्रु फसेको घटनापछि साँझ विज्ञप्ती जारी गर्दै हिल्सले लेखेको छ – प्राविधिक कारणले केही समय रोकिन पुगेको चन्द्रागिरि केबलकार अहिले पुनः सञ्चालनमा आएको छ । बुधबार दिउँसो २ बजे केबलकार सञ्चालनका क्रममा प्राविधिक समस्या देखिएपछि केही समय अवरुद्ध भएको र ३ बजे पुनः सञ्चालनमा आएको हो । कम्पनीमा जडान गरिएका उपकरणहरू तथा केबलकारको प्रविधि विश्वमानै उत्कृष्ठ रहेको छ र आइपर्ने यस प्रकारका प्राविधिक समस्यासँग जुध्न कम्पनीका दक्ष प्राविधिकहरू सदैव तयारी अवस्थामा रहेका छन् । 

बुधबार दिउँसो १ बजेपछि चन्द्रागिरि केबलकारमा विद्युत आपूर्तिमा समस्या आएपछि यात्रारत करिब ७५ जना यात्रु केही घण्टा केबलकार भित्रै रोकिएपछि सुरक्षाकर्मीको सहायतामा उनीहरूको सकुशल उद्दार गरिएको थियो ।

चन्द्रागिरि हिल्सले जारी गरेको विज्ञप्ती हेराैं


Leave a Reply

Your email address will not be published. Required fields are marked *