चन्द्रागिरि केबलकारमा यात्रु रोकिए, उद्दार प्रयास जारी

Thankot Times

थानकोट।

चन्द्रागिरि केबलकारमा यात्रारत यात्रुहरू बीचमै रोकिएपछि अहिले उद्दार प्रयास जारी छ ।

प्रहरी वृत्त थानकोटका अनुसार बुधबार दिउँसो १ः४० बजे केबलकारमा प्राविधिक समस्या उत्पन्न भएको जानकारी प्राप्त भएपछि सो वृत्तबाट समेत प्रहरीहरू अहिले केबलकारभित्र फसेका यात्रुको उद्दारमा खटिएका छन् ।

कम्पनीका प्राविधिक तथा प्रहरीसहितको टोलीले हाते प्रविधिमार्फत केबलकार तलमाथि गर्ने लठ्ठालाई घुमाएर यात्रुको उद्धार गर्न लागेका छन् । केबलकारमा यात्रा गरिरहेका यात्रु अड्किएपछि सशस्त्र प्रहरीको नम्बर ९ पशुपतिनाथ बाहिनीबाट ११ जनाको सशस्त्र प्रहरीको टोली उद्दार कार्यमा सहायता पुर्याउन चन्द्रागिरि केबलकारको बटम स्टेशन पुगेका छन् ।

विद्युत सेवा अवरूद्ध भएपछि केबलकारमा करिब ५० जनाको संख्यामा यात्रु अड्किएको बुझिएको छ ।

उपलब्ध जेनेरेटरबाट समेत विद्युत प्रवाह हुन नसकेपछि यात्रुहरू गन्डोलामै फसेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *