चन्द्रागिरि नगर प्राथमिक अस्पताल थानकोटमा आँखा उपचार सेवा सुरु हुने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगर प्राथमिक अस्पताल थानकोटमा विशिष्टिकृत सेवा थप हुने भएको छ ।

कलंकीस्थित दृष्टि आई केयर सेन्टरको प्राविधिक सहयोगमा प्राथमिक अस्पताल थानकोटबाट आँखा उपचार सेवा सञ्चालन गर्ने गरी सम्झाैता भएको अस्पतालले जनाएको छ ।

सो अस्पतालमा आँखा उपचार सेवा सञ्चालन गर्ने सम्बन्धमा शुक्रबार अस्पताल प्रमुख डा. सौरभ सुनार र दृष्टि आई केयरका निर्देशक डा. भाइराजा श्रेष्ठले सम्झाैता पत्रमा हस्ताक्षर गर्नुभएको बताइएको छ ।

हाल अस्पतालबाट मुटु रोग, स्त्री रोग र रेडियोलोजी सम्बन्धी विशिष्टिकृत सेवा संचालन भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *