भ्यानमा राखेर अवैध औषधि बिक्री गरेको आरोपमा चन्द्रागिरिका एकसहित २ जना पक्राउ

Thankot Times

थानकोट ।

चितवनस्थित भरतपुर अस्पताल रोडमै बिना बिलबिजक अवैध औषधि बिक्री गरेको आरोपमा चितवन प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

चितवन प्रहरी, नेपाल औषधि व्यवसायी संघ र मेडिकल स्टकिष्ट क्लब अफ नारायणगढले बिहीबार गरेको संयुक्त अनुगमनका क्रममा औषधि बेच्दै गरेका सर्लाही पर्सा गाउँपालिकाका अनिल झा र काठमाडौं चन्द्रागिरि नगरपालिकाका दिपेन परियार पक्राउ परेका हुन् ।

उनीहरूले वाग्मती प्रदेश ०१-०२६ प २१८२ नम्बरको भ्यानमा राखेर औषधि बेच्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताए ।

पक्राउ परेका व्यक्ति, बरामद औषधि र भ्यान थप कारबाहीका लागि औषधि व्यवस्था विभागको पर्सा वीरगन्ज कार्यालय पठाएको डीएसपी रिजालले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ