मेडिकल काउन्सिलले स्नातकोत्तर भर्नाको शुल्क नलिने
थानकोट ।
चिकित्सा शिक्षा अन्तर्गत स्नातकोत्तर तह पढाउने कलेज तथा प्रतिष्ठानहरूले अब विद्यार्थी भर्नाबापत नेपाल मेडिकल काउन्सिललाई शुल्क बुझाउनु नपर्ने भएको छ ।
काउन्सिलले २०८१ जेठ २१ गते गरेको निर्णय आगामी शैक्षिक सत्रदेखि कार्यान्वयन गर्ने भएको हो ।
स्नातकोत्तरका एमडी, एमएस, एमडीएस वा सो सरहको तहमा विद्यार्थी भर्ना बापतको शुल्क नलिने काउन्सिलले जनाएको छ ।
विदेशी विद्यार्थीको हकमा स्नातकोत्तर वा सोभन्दा माथिको दर्ता शुल्क ‘पीजी इन्रोल्मेन्ट’ भने लिइने काउन्सिलले जनाएको छ ।
काउन्सिलको विज्ञप्ती हेराैं