पोखरा महानगरको कार्यालयमा अख्तियारको छापा

Thankot Times

थानकोट ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाको कार्यालयमा छापा मारेको छ ।

मंगलबार अख्तियारले पोखरा महानगरको कार्यालयमा छापा मारेर कागजातहरु नियन्त्रणमा लिएको हो ।

पोखरा महानगरले मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजश्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेपछि अख्तियारले छापा मारेको हो ।

अख्तियारले सोही उजुरीको आधारमा छापा हानेर कागजातहरु नियन्त्रणमा लिएको छ ।

अख्तियार पोखराको टोलीले महानगरपालिका पुगेर मणिपाललाई नक्सा पासबापत दिएको राजस्व छुटबारे सम्पूर्ण कागजात लिएर अनुसन्धान थालेको प्रवक्ता जगदिशचन्द्र शिवाकोटीले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *