नैकापस्थित सान कलेजमा क्यान्सर सचेतना कार्यक्रम
थानकोट ।
नैकापस्थित सान इन्टरनेशनल कलेजमा सोमबार क्यान्सर सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स क्लब अफ काठमाडौं इन्द्र अन्नपूर्ण योग केन्द्र द्वारा आयोजित क्यान्सर रोग सम्बन्धी चेतना अभिवृद्धि कार्यक्रममा सान कलेजका विभिन्न तहमा अध्ययनरत विद्यार्थी तथा क्याम्पस क्षेत्र वरपरका स्थानीयहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा सान कलेजका अध्यक्ष डा. सुभाष घिमिरे, वरिष्ठ सर्जन डा. अजयकुमार शाह, लायन्स क्लब अफ काठमाडौं इन्द्र अन्नपूर्णका सर्भिस कमिटि चेयर राज कुमार खरेल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मानव शरिरमा हुने क्यान्सरका विभिन्न प्रकार, क्यान्सर पहिचान तथा न्यूनिकरणका उपाय लगायतका बारेमा श्रव्यदृश्य सामाग्री प्रस्तुत गरिएको थियो भने सहभागीहरूले प्रश्नोत्तर मार्फत जिज्ञासा राखेका थिए ।
गत वर्षदेखी चन्द्रागिरि नगरपालिका-१४ नैकापमा पठन पाठन स्थान्तरण गरेको सान कलेजले नियमित रूपमा विभिन्न संघसंस्थाहरूसँगको सहकार्यमा जनचेतनामूलक कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।