एसइइ २०८०ः चन्द्रागिरिमा संस्थागततर्फ ७ प्रतिशत, सामुदायिकतर्फ २७ प्रतिशत परीक्षार्थी फेल

Thankot Times

थानकोट । 

गत वर्ष सञ्चालित माध्यमिक शिक्षा परीक्षामा चन्द्रागिरि नगरका २९१ जना परीक्षार्थी फेल भएका छन् । 

नगरबाट १९५६ जना विद्यार्थी सहभागी भएको उक्त परीक्षामा सामुदायिक तर्फ करिब २७ प्रतिशत अनुतीर्ण भएका छन भने संस्थागततर्फ करिब ७ प्रतिशत परीक्षार्थी अनुतीर्ण भएका हुन् ।

थानकोट टाइम्सलाई प्राप्त विवरण अनुसार चन्द्रागिरि नगरबाट गत चैत्र महिनामा सञ्चालित माध्यमिक शिक्षा परीक्षामा सामुदायिक विद्यालयबाट सहभागी भएका कूल ७४४ जना विद्यार्थीहरू मध्ये २०२ जना अनुतीर्ण भएका छन् ।

नगरका सामुदायिक विद्यालयका ७७ जना परीक्षार्थीले ए प्लस, १५४ जनाले ए, १८५ जनाले बी प्लस, १२० जनाले बी र ६ जनाले सी प्लस ग्रेड पाएका छन् । सामुदायिक तर्फ कूल ५४२ जना परीक्षार्थी उतीर्ण भएको चन्द्रागिरि नगरका वरिष्ठ शिक्षा अधिकृत बुद्धि प्रसाद भट्टले जानकारी दिनुभयो ।

यसैगरी संस्थागत विद्यालयतर्फ माध्यमिक शिक्षा परीक्षामा सम्मिलित १ हजार २ सय १२ जना परीक्षार्थीहरू मध्ये २७० जनाले ए प्लस, ५८० जनाले ए, २५० जनाले बी प्लस र २२ जनाले बी र १ जनाले सी प्लस ग्रेड पाएका छन् ।

संस्थागत विद्यालयका ८९ जना परीक्षार्थी फेल भएका छन् ।

चन्द्रागिरि नगरपालिकाबाट गत वर्ष ५६ वटा विद्यालयका १ हजार ९ सय ५६ जना परीक्षार्थीले एसइइ परीक्षा दिएका थिए । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *