बलम्बु अस्पतालमा कार्यरत डाक्टरलाई सेवाबाट हटाउन सिफारिस भएपछि गृह मन्त्रालयको सूचना

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा कार्यरत एक जना प्राविधिक इन्सपेक्टर लामो समयदेखी सम्पर्क विहिन भएपछि गृह मन्त्रालयले गोरखापत्र दैनिकमा सूचना जारी गरेको छ ।

डा. अनुप खड्का यहि जेठ १ गतेदेखि कोही कसैलाई कुनै किसिमको जानकारी नगराई लामो समयसम्म गैर हाजिर रहेकोले उनलाई सम्पर्कमा आउन पटकपटक सूचित गरिएकोमा उनी सम्पर्कमा न आएकोले सशस्त्र प्रहरी बलले डा. खड्कालाई सेवा हटाउन गृह मन्त्रालयमा सिफारिस गरेको छ ।

सशस्त्रको सिफारिसपछि गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै डा. खड्कालाई सात दिनभित्र स्पष्टीकरण पेश गर्न माैका दिएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *