काठमाडाैंका सिडिओद्वारा प्रहरी प्रभाग बलम्बुको अनुगमन
थानकोट ।
काठमाडाैं जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले चन्द्रागिरि नगरपालिका-१२ बलम्बुस्थित प्रहरी प्रभागको अनुगमन गरेका छन् ।
प्रजिअ बस्नेतले शनिबार सो प्रभागको निरीक्षण गरेका हुन् । सो क्रममा जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्त रजौरेको समेत उपस्थिति रहेको थियो ।
अनुगमनका क्रममा प्रजिअ बस्नेतले प्रहरी कार्यालयको भौतिक पूर्वाधार, प्रहरी कर्मचारी, मेस, ब्यारेक, हिरासत कक्ष र विभिन्न शाखाहरुको निरीक्षण गरेका थिए ।
निरीक्षणको क्रममा प्रहरी कर्मचारीलाई प्रजिअले आवश्यक निर्देशन पनि दिए ।
आम नागरिकको प्रहरीप्रतिको धारणा, गुनासो र सुझावलाई मनन गरी शान्ति सुरक्षामा समुदाय र प्रहरीबीच सहकार्य गर्न प्रजिअ बस्नेतले निर्देशन दिएका थिए ।
प्रजिअ बस्नेत नेतृत्वको टोलीलाई प्रहरी प्रभाग बलम्बुका प्रमुख प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्य लगायतले स्वागत गरेका थिए ।