प्याब्सन चन्द्रागिरि कप छात्र फुटसल: रिब्स र ब्राइट फ्युचर दुवै विधाकाे फाइनलमा
थानकोट ।
जारी तेस्रो प्याब्सन चन्द्रागिरि कप छात्र फुटसल प्रतियोगिताकाे उपाधिका लागि रिब्स र ब्राइट फ्युचर भिड्ने भएका छन् ।
शनिबार सम्पन्न खेलहरुमा यू-१६ अन्तर्गत पहिलो सेमिफाइनलमा सनसाइन माथि ८-० गाेलकाे सहज जित हात पार्दै रिब्स उपाधि नजिक पुगेकाे हाे ।
दाेश्राे सेमिफाइनलमा ब्राइट एन्जलस् काे चुनाैती पन्छाउँदै घरेलु टाेली ब्राइट उपाधि नजिक पुगेको हाे ।
पराजित सनसाइन र ब्राइट एन्जलस् तेस्रो स्थानका लागि भिड्नेछन् ।
यसैगरी यू-१४ तर्फकाे उपाधिका लागि पनि रिब्स र ब्राइट फ्युचर भिड्ने भएका छन् ।
सेमिफाइनलमा रिब्स ए ले ब्राइट हाेराइजनमाथि ४-२ गाेलकाे नतिजा आत्मसात गर्दै उपाधि नजिक पुगदा दाेश्राे सेमिफाइनलमा ब्राइट फ्युचरले प्रतिस्पर्धात्मक खेलमा रिब्स बी टिमलाई निराश बनाउँँदै फाइनलमा रिब्ससँगकाे भेट पक्का गर्याे ।
पराजित रिब्स बी र ब्राइट हाेराइजनले तेस्रो स्थानका लागि खेल्नेछन् । तेस्रो स्थान र उपाधि छिनोफानोका चार वटै खेल नैकापस्थित ब्राइट फ्युचर माविकाे एरिनामा दिउसाे २ बजेबाट जारी छ ।
प्रतियोगिताका विजेता, उपविजेता र तेस्रो स्थान प्राप्त गर्ने टोलीले ट्रफी, मेडल र प्रमाणपत्र पाउँदा प्रतियोगिताको उत्कृष्ठ खेलाडी, गोलरक्षक, सर्वाधिक गोलकर्ता र अनुशासित टोलीले ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा चन्द्रागिरि नगरका विभिन्न १९ विद्यालयले सहभागिता जनाइरहेका छन् ।