ब्राइट फ्युचर माविका ७ जना विद्यार्थी सिकाई आदानप्रदानका लागि चीन जाँदै
थानकोट ।
नैकापस्थित ब्राइट फ्यूचर माविका सात जना विद्यार्थी चीनको प्रसिद्ध टियांजिन यिंगुआ प्रायोगिक विद्यालयकाे भ्रमणमा जाने भएका छन् ।
गत मंसिर ९ गते नैकापस्थित ब्राइट फ्यूचर स्कूल र टियांजिन यिंगुआ प्रायोगिक विद्यालयबीच भएकाे द्वीपक्षीय सम्झाैता अनुरुप ब्राइटका विद्यार्थीहरु आज शनिबार राती चीनतर्फ प्रस्थान गर्न लागेका हुन् ।
शिक्षण सिकाईका विषय प्राथमकितामा राख्दै विद्यार्थीहरु चीनतर्फ जान लागेको शनिबार बिहान विद्यालयमा आयाेजित बिदाई कार्यक्रममा ब्राइट फ्युचर माविका प्रधानाध्यापक दयाराम थापाले जानकारी दिनुभयो ।
विद्यार्थी तथा शिक्षक प्रतिनिधिहरुकाे टाेली करिब २० दिन चीनमा रहनेछ जहाँ साे टाेलीले नेपाल-चीन सांस्कृतिक परम्पराका विविध आयामहरुकाे आदानप्रदान, जीवनशैली तथा रहनसहनकाे अध्ययनका अतिरिक्त अन्य शैक्षिक गतिविधिहरुमा सहभागीता जनाउने साे टाेलीका प्रमुख तथा साे विद्यालयका शिक्षक सन्ताेष तण्डुकारले जानकारी दिनुभयो ।
टियांजिन यिंगुआ प्रायोगिक विद्यालयकाे टाेली गतवर्ष ब्राइट फ्युचरमा अध्ययन अवलोकन भ्रमणमा आएको थियाे ।
आज राति चीन प्रस्थान गर्ने टाेलीमा कक्षा ७ देखि १० सम्म अध्ययनरत २ जना छात्रा र ५ छात्र सम्मिलित आठ जनाकाे टाेलीलाई चन्द्रागिरि नगरका सामाजिक विकास समिति संयाेजक एवं चन्द्रागिरि नगरपालिका वडा नं १५ का वडाध्यक्ष घनश्याम लुइँटेल, चन्द्रागिरि नगर सभा सदस्य सरस्वती थापा, समाजेवी सन्ताेष खड्का, सुमन श्रेष्ठ, विद्यालयका अध्यक्ष माेहनकुमार कार्की, सम्बन्धित विद्यार्थीका अभिभावक लगायतले बिदाई गर्नुभएको थियाे ।