प्याब्सन चन्द्रागिरि कप छात्र फुटसल: लिग चरणका खेल सकिए, शनिबार नकआउट चरणका खेल

Thankot Times

थानकोट ।

तेस्रो प्याब्सन चन्द्रागिरि कप छात्र फुटसल अन्तर्गत लिग चरणका खेल सकिएका छन् ।

चन्द्रागिरि नगरपालिकाका विभिन्न संस्थागत विद्यालयहरू सम्मिलित प्रतियोगिताको पहिलो दिन शुक्रबार सम्पन्न लिग चरणका खेलहरूमा समुह विजेता र उप विजेता बनेका टोलीहरूबीच भोलि शनिबार नकआउट चरणका खेलहरू हुनेछन् ।  

नैकापस्थित ब्राइट फ्यूचर माविको एरिनामा सम्पन्न यू-१४ अन्तर्गतका लिग चरणको खेलमा विजयी हुँदै ८ टोली क्वाटर फाइनलमा प्रवेश गरेका छन् । भोलि शनिबार ब्राइट फ्यूचर र एआइ टीम बी, रिब्स टीम ए र प्राइम इंग्लिश, रिब्स टीम ए र हाइ न्यू भिजन, ब्राइट होराइजन र बेसिक लर्निङ सेमीफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् । 

सतुङ्गलस्थित एआइ स्कुलको एरिनामा सम्पन्न यू-१६ उमेर समुह अन्तर्गतका लिग चरणको खेलमा समुह विजेता र उपविजेता हुँदै भोलि शनिबार नै हुने अघिल्लो चरणको प्रतिस्पर्धाका छनोट भएका छन् । जसअनुसार इभर भिजन र सनसाइन, रिब्स र ब्राइट होराइजन, ब्राइट एन्जलस् र जेसिस इन्टरनेशनल तथा ब्राइट फ्यूचर र गोल्डेन फ्लावर नकआउट चरणमा आमुने सामुने हुनेछन् । 

यू-१४ उमेर समुहका नकआउट चरणका खेलहरू ब्राइट फ्यूचर र यू-१६ उमेर समुहका खेलहरू एआइ स्कुलको एरिनामा हुनेछन् ।

यी खेल बिहान ८ बजेबाट सुरु हुनेछन् । 

प्रतियोगिताको तेस्रो स्थानका लागि हुने खेलहरू तथा फाइनल खेलहरू ब्राइट फ्यूचरमा हुने प्रतियोगिता संयोजक मिलन गुरुङले जानकारी दिनुभयो ।

सेमीफाइनल खेलहरू मध्यान्ह १२ बजेबाट सुरु हुने तालिका रहेको छ भने तेस्रो स्थानको खेल अपरान्ह ३ बजे तथा फाइनल खेल अपरान्ह ४ बजेबाट सुरु हुनेछ ।

प्रतियोगिताका विजेता, उपविजेता र तेस्रो स्थान प्राप्त गर्ने टोलीले ट्रफी, मेडल र प्रमाणपत्र पाउँदा प्रतियोगिताको उत्कृष्ठ खेलाडी, गोलरक्षक, सर्वाधिक गोलकर्ता र अनुशासित टोलीले ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा चन्द्रागिरि नगरका विभिन्न १९ विद्यालयले सहभागिता जनाइरहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *