सोल्टीमोडस्थित काठमाडाैं कलेज अफ सेन्ट्रल स्टेटमा यू-१८ ३x३ बास्केटबल प्रतियोगिता सुरु
थानकोट।
काठमाडाैंको सोल्टीमोडस्थित काठमाडाैं कलेज अफ सेन्ट्रल स्टेटमा बिहीबारबाट यू-१८ ३x३ बास्केटबल प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको त्रिभुवन विश्वविद्यालयका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक डा. पशुपति अधिकारीले उद्घाटन गर्नुभएको हो ।
माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीहरू मात्र सहभागी हुन पाउने प्रतियोगितामा २० टोलीले सहभागिता जनाइरहेको कलेजका शैक्षिक निर्देशक टंकप्रसाद गैरेले जानकारी दिनुभयो ।
दुई दिने प्रतियोगिताको विजेताले १० हजार रूपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
दोश्रो हुनेले ५ हजार रूपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
प्रतियोगिताको यो दोश्रो संस्करण हो ।
प्रतियोगिताका सहभागी टीमहरूलाई चार वटा समुहमा विभाजन गरिएको छ । हरेक पुलका विजेता नकआउट चरणमा चयन हुनेछन् ।
३x३ बास्केटबलमा हरेक समुहमा ३ जना खेलाडीले खेल्ने गरेका छन् ।
यो विधा पछिल्लो समय नेपालमा समेत लोकप्रिय हुँदै गएको छ ।